टि–२० विश्वकप र आईपिएल विजेता पाकिस्तानी फास्ट बलर सोहेल तन्विरले आईपिएल खेल्ने भएका छन्।
शनिबारबाट सुरु हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगका लागि भेट्रारन फास्ट बलरलाई चितवन राइनोजले अनुबन्धन गरेको हो। दक्षिण अफ्रिकाका फास्ट बलर मर्चेन्ट डे लाङ घाइते भएपछि उनको स्थानमा चितवनले सोहेललाई अनुबन्ध गरेको हो।
सोहेलले तत्कालिन डेकन चार्जर्स (अहिलेको राजस्थान रोयल्स)बाट पहिलो संस्करणको आईपिएल जितेका थिए। उनी त्यो सिजन सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। सन् २००९ मा पाकिस्तानलाई टि–२० विश्वकप दिलाउन उनको भूमिका महत्वपूर्ण थियो। त्यो बेल उनी करिअरको उच्च फर्ममा थिए।
उनले पाकिस्तानका लागि ५७ टि२०आईमा ५४ विकेट लिएका छन् । सबैखाले टि२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन्। त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन्।
सोहेललाई अनुबन्धन गरेपछि चिवतनले खुसी व्यक्त गरेको छ। अनुभवी तन्विरको आगमनले टिममा थप उर्जा प्राप्त हुने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले बताएका छन्।
एनपिएल खेल्ने पक्का भएपछि तन्विरले हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गौशव महसूस हुने बताएका छन्।
‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु। नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्,’ उनले भनेका छन्।
कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले इंग्ल्यान्डका अलराउन्डर रवि बोपरा, नामिबियाका जोन निकोल लोफ्टी इटोन, अफागानिस्ताका हसन इसाखिल, इंग्ल्यान्डका लुक बेन्केस्टनलाई अनुबन्धन गरेको छ।
चितवनमा शरद भेषावकर, कमलसिंह ऐरी, रिजन ढकाल, अमरसिंह रौटेलालगायत नेपाली खेलाडी छन्। टिमको मुख्य प्रशिक्षकमा उमेर पटवाल छन्।
चितवनले माघ १७ गते काठमाडौं गुर्खाजसँग खेल्दै प्रतियोगिताको थालनी गर्नेछ।