विशाल बने जनकपुरको आइकोनिक प्लेयर

29 Nov, 2024
Share:
117 Shares

विशाल सुस्लिङ नेपाल प्रिमियर लिग टिम जनकपुर बोल्ट्सको ‘आइकोनिक प्लेयर’ बनेका छन्।

जनकपुरले ट्यालेन्ट हन्टबाटआइकोनिक प्लेयरका रुपमा विशाललाई छानोट गरेको हो।

आइकोनिक खेलाडी बनेसँगै विशालले अब नेपाल प्रिमियर लिगमा जनकपुरको प्रतिनिधित्व गर्न पाउने छन्।

पुबुदु दासानायके प्रशिक्षक रहेका जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका आसिफ शेख छन्।

प्रतियोगिताका लागि जनकपुरले न्युजिल्यान्डका जिमी निसम, क्यानडाका हर्ष थाकर, श्रीलंकाका लहिरु मिलान्था, अमेरिकाका जोसुवा ट्रोप, पाकिस्तानमा मोहम्मद मोहसिनलाई अनुबन्धन गरेको छ।

जनकपुरमा राष्ट्रिय टिमका अनिल साह, ललितनारायण राजवंशी, किशोर महतो, यू–१९ टिमका कप्तान हेमन्त धामी र आकश त्रिपाठीलगायत छन्।

शनिबारबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने एनपिएलमा जनकपुरले पहिलो दिन नै विराटनगर किंग्ससँग खेल्नेछ।