टियू चम्किए पाकिस्तानका तनवीर, काठमाडौं गुर्खाज १११ रनमै राेकियाे

2 Dec, 2024

पाकिस्तानी भेट्रान फास्ट बलर सोहेल तनवीरले नेपाल प्रिमियर लिगको डेब्यू खेलमै घातक बलिङ गरेका छन्। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको पहिलो खेलमा तनवीरले ५ विकेटले लिएपछि पहिला ब्याटिङ गरेको काठमाडौं गुर्खाज १११ रनमै अलआउट भयो।

काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाउँदा माइलक लेविटले २५, डान डउथवेटले १९ र शंकर रानाले १६ बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा चिवतन राइनोजका तनवीरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए भने रिजन ढकाल, कुशल मल्ल, अमर रौटेला र लुक बेनकेन्सटेइनले समान १ विकेट लिए।

जवाफी ब्याटिङ थालेको चितवले ९ ओभरमा ५ विकेटको क्षतिमा ६८ रन बनाएको छ। उसका सन्तोष कार्की र शरद भेषावकर क्रिजमा छन्। बलिङमा काठमडौंका साहब आलमले ३ विकेट लिएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]