जकनपुरविरुद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने

2 Dec, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिगको पहिलो खेलमा कर्णाली याक्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

केही बेरपछि टियू मैदानमा सुरु हुने खेलमा कप्तान सोमपाल कामीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

कर्णाली पहिलो खेलमा चार विदेशी खेलाडमिा तीन टप अर्डर ब्याट्सम्यान र एक अलराउन्डरलाई मेैदान उतारेको छ। उसले शिखर धवन, चाडविक वाल्ट्न, बाबर हायत र जिसन मक्सुदलाई टिममा राखेको छ। यस्तै, नेपाली खेलाडीमा सोमपालसँगै गुल्सन झा, अर्जुन घर्तिमगर, मौसम ढकाल, भुवन कार्की, नन्दन यादव, देव खनाल रहेका छन्।

यस्तै, जनकपुरले भने उद्घाटन खेलको टिममा २ परिवर्तन गरेको छ। उसले फास्ट बलर बेन माइकको स्थानमा स्टार अलराउन्डर जिमी निशमलाई राखेको छ भने अरनिको यादवको स्थानमा शेर मल्ललाई राखेको छ।

अन्य खेलाडीमा अनिल साह, आसिफ सेख, लहिरु मिलान्था, ललित नारायाण रावंशी, किशोर महतो, शुभ कंशकार, तुलबहादुर थापामगर, मोहम्मद मोहसिन खान र हर्ष थाकर छन्।

जनकपुरले पहिलो खेलमा विरागनटरलाई ८ विकेटले हराएको थियो भने कर्णालीको पहिलो खेल हो।