हर्ष थारककाे बलमा बोल्ड भए शिखर धवन

2 Dec, 2024
Share:
117 Shares

भारतीय क्रिकेटका पूर्व स्टार शिखर धवन एनपिएल खेल्न अहिले नेपालमा छन्।

कर्णाली याक्समा आबद्ध धवनले केही बेरअघि जनकपुर बोल्ट्ससँग खेल्दै नेपाल प्रिमियर लिगमा डेब्यू गरेका छन्।

नेपालमा पहिलो पटक खेलिरहेका धवन १४ रन बनाएर आउट भए। उनी चौथो ओभरको दोस्रो खलमा क्यानेडिन खेलाडी हर्ष थाकरबाट बोल्ड भए। उलने १४ बलमा ३ चौका प्रहार गरे।

टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ताज अवस्थामा ५ ओभरमा २ विकेटको क्षतिमा २३ रन बनाएको छ। उसका देव खनाल १ रनमा आउट भए। अहिले क्रिजमा चाडविक वाल्टन र बाबर हायत छन्।

बलिङमा जनकपुरका ललित राजवंशी र हर्ष थाकरले विकेट लिए।