छक्का हाँदै अनिल साहले बनाए अर्धशतक

2 Dec, 2024
Share:
117 Shares

जनकपुर बोल्ट्सका कप्तान अनिल साहाले अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित टियू मैदानमा जारी कर्णाली याक्सविरुद्धको खेलमा अनिलले जिशन मक्सुदको बलमा छक्का हान्दै अर्धशतक बनाएका हुन्। उनले १३ औं ओभरको तेस्रो बलमा छक्का हाने।

अनिलले ३६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन्। उनी ५३ रन बनाएर खेलिरहेका छन्।

जारी एनपिएलको यो तेस्रो अर्धशतक हो भने नेपाली खेलाडीले बनाएको पहिलो अर्धशत हो। यसअघि उद्घाटन खेलमा विराटनगर किंगसका मार्टिन गप्टिल र जनकपुरकै लहिरु मिलन्थाले अर्धशतक बनाएका थिए।

अनिलको अर्धशतकमा १४२ रनको लक्ष्य पछ्याएको जनकपुर जित नकिज छ। ताज अवस्थामा जनकपुरले १३ ओभरमा २ विकेटको क्षतिमा ११७ रन बनाएको छ। क्रिजमा अनिल र जिमी निशम छन्।