बोपराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

3 Dec, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिगको आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सले १६२ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा पहिला ब्याटिङ गरेको चितवन राइनोजले रवि बोपराको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएसँगै पोखराले १६२ रनको लक्ष्य पाएको हो।

चितवनका लागि अनुभवी इंग्लिस अलराउन्डर बोपराले ३८ बलमा समान ३ चौका र छक्का प्हार गर्दै ५१ रन बनाए। यस्तै, कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३८ रनको इनिङ खेले।

४६–३को दबाबपूर्ण अवस्थाबाट चौथो विकेटका लागि कुशल र बोपराले ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यी दुवै आउट भएपछि चिवतनको ठूलो योगफल बनाउन सकेनन्।

बलिङमा पोखराका बिपिन खत्री, बास डे लिड र रेयमन रेइफरले समान २ विकेट लिए भने सागर ढकालको नाममा १ विकेट रह्यो।

चितवनको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो।