सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एनपिएलमा जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

पहिलो संस्करणको नेपाल प्रियिमर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको जनकपुर बोल्ट्सले लागतार तेस्रो जित निकालेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा बिहीबार कीर्तिपुरस्थित टियू मैदान भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकोटको सहज जित निकाल्यो।

यसअघि उसले विराटनगर किंग्स र कर्णाली किंग्समाथि समान ८ विकेटको जित निकालेको थियो। जारी प्रतियोगितामा जनकपुर बल र ब्याट दुवैमा उत्कृष्ट देखिएको छ।

पहिला ब्याटिङ गर्दै पोखराले दिएको १३९ रनको मध्यम लक्ष्य पोखराले १७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि जिमी निशमले विस्फोटक ब्याटिङ गरे। उनले २० बलमा ५ छक्का प्रहार गर्दै नटआउट ४० रन बनाए।

यस्तै, लहिरु मिलन्थाले लागतार तेस्रो खेलमा ब्याटिङबाट राम्रो योगदान दिए। उनले ३२ बलमा ८ चौका प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए। आसिफ सेखले ३३ रन बनाउँदा हर्ष थाकरले १३ रन बनाए।

बलिङमा पोखराका लागि बिपिन खत्री, माइकल लेस्क र कुशल भुर्तेलले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन बनायो। उसका लागि मार्कस क्रिस्च्लीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाउँदा माइकल लेस्कले ३ बलमा ३ छक्का मद्दतमा २५ रन बनाए।

यस्तै, आन्द्रियस गोसले १६ बलमा २०, रेमन रेइफरले १७, दिलप नाथले ११ र दिनेश खरेलले १० रनको योगदान दिए।

पोखरालाई सस्तैमा रोक्ने क्रममा जनकपुरका ललित राजवंशीले पुनः एकपटक उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। उनले ३ खेलमा ७ विकेट लिएका छन्। यस्तै, जिमी निशम २ विकेट लिए।

आजै दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भीड्ने छन्।

1.3Kशेयर