सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

म्याकमुलेनको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमाडौंलाई १६८ रनको लक्ष्य

ब्रान्डन म्याकमुलेनको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १६७ रन बनायो।

सुदूरपश्चिमका लागि म्याकमुलेनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रन बनाए। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्का मद्दतमा ४३ रन बनाए।

ओपनर विनोद भण्डारीले २८ बलमा समान २ चौका र छक्का मद्दतमा ३५ रन बनाए। विनोद र म्याकमुलेनले दोस्रो विकेटका लागि ८६ रनको उत्कृष्ट साझेदरी गरेका थिए। यी दुई क्रिजमा हुँदा सुदूपश्चिमले २ सय रन पु¥याउने अपेक्षा गरिएको थियो। तर, त्यसपछि लगातार विकेट गएपछि ठूलो योगफल बनेनन्।

बलिङमा काठमाडौंका रसिद खानले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २० रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, करण केसी, साहब आलम र जेरार्ड इरास्मसले समान १ विकेट लिए।

1.3Kशेयर