शतकबाट चुके रोहित, लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य

6 Dec, 2024
Share:
117 Shares

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रियिमर लिगमा पहिलो शतक बनाउ धेरैले चुकेका छन्। टियू मैदानमा जारी पोखरा एभेन्जर्सविरद्धको खेलमा रोहित इनिङको अन्तिम बलमा ९५ रनमा रनआउट भए।

रोहितको उत्कृष्ट ब्याटिङ मद्दतमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले पोखरालाई १७१ रनको लक्ष्य दिएको छ। उसले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनायो।

लुम्बिनीका लागि रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ९५ रन बनाए। यस्तै, टम मोरेसले ३८ बलमा समान २ चौका र छक्का मद्दतमा ४५ रन बनाए। यी दुईले चौथो विकेटका लागि ११० रनको उत्कृष्ट साझेदारी गरे।

त्यअसघि उसका दुवै ओपनरलाई शुन्य रनमा पभेलियन फर्किका थिए। सन्दीप जोराले १५ बलमा १८ रन बनाए। सन्दीप र रोहितले तेस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।

बलिङमा पोखराका बिपिन खत्रीले २ विकेट लिए भने अर्को विकेट म्याट क्रिच्लीको नाममा रह्यो।

दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा छन्।