सैफ जइबको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको लागतार तेस्रो जित, लुम्बिनीको लागतार तेस्रो हार

7 Dec, 2024
Share:
117 Shares

नेपाल प्रियिमर लिगमा सुदूरपश्चिम लायन्सले लागतार लागतार तेस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हरायो।

यो जितसँगै सुदूरपश्चिम जनकपुर बाल्ट्सलाई नेट रनरेटमापछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। दुवैले लगातार तीन जित निकाल्दै समान ६ अंक जोडेका छन्। यता, लुम्बिनी लायन्सले भने लागतार तेस्रो हारको सामाना गरेको छ। ऊ तालिकाको पुछारमा छ।

प्रतियोगिकै ठूलो १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो। उसको टमअर्डर नराम्ररी फ्लप भयो। उसले पावर प्लेमै ५ विकेट गुमाएको थियो।

लुम्बिनीका लागि विवेक यदावले उत्कृष्ट इनिङ खेले। उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७७ रन बनाए। यस्तै, सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीको इनिङ धरासायी बनाउने क्रममा ब्रान्डन म्याकमुलेन र सैफ जइब समान ३ विकेट लिँदा स्कट कुकेलेइनले २ विकेट लिए।

त्यअसघि टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले प्रतियोगिताकै ठूलो १८७ रन बनायो।

सुदूरपश्चिमका लागि सैफ जइबले उत्कृष्ट इनिङ खेले। उनले ६१ बलमा ६ चौका र ५ छक्का मद्दतमा ९० रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरीले पुनः एकपटक उत्कृष्ट फिनिसिङ गरे। उनले १९ बलमा ४ चौका र २ छक्का मद्दतमा नटआउट ३९ रन बनाउँदा ब्रान्ड म्याकमुलेनले २३, विनोद भण्डारीले १७ र स्कट कुगुलेइनले ११ रन बनाए।

बलिङ खराब लयमा रहेको लुम्बिनीका लागि रेमन्ड सिमोन्ड्स २ तथा रोहित पौडेल र विवेक यादवले समान १ विकेट लिए।