क्यानेडियन अलराउन्डर हर्ष थाकरले घारतक बलिङ गरेपछि जनकपुर बोल्ट्सले जारी नेपाल प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ। थाकरले ५ विकेट लिएपछि जनकपुरले लुम्बिनी लायन्सविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको हो।
पहिला ब्याटिङ गर्दै जनकपुरले दिएको १३७ रनको सामान्य लक्ष्य लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाउँदा टम मोरेसले ३०, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
सानो लक्ष्य पनि डिफेन्ड गर्ने क्रममा जकपुरका थाकरले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए। उनले अन्तिम ओभरमा ९ रन डिफेन्ड गरेका थिए। यस्तै, मोहम्मद मोसिन खान, ललित राजवंशी र किशोर महतोले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा १३६ रन बनाएको थियो। उसका लागि कप्तान अनिल साहले ३९ बलमा १ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए।
यस्तै, लहिरु मिलन्थाले २४, शुभ कंसकारले २४ र आसिफ सेखले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
जनकपुरको इनिङ धरासयी बनाउने क्रममा डेब्यू खेलाडी अविशेष गौतमले ४ ओरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै, कप्तान रोहित र साद बिन जाफरले समान २ विकेट लिए।
लगातार चौथो जितसँगै जनकपुरले प्लेअफको सम्भावना बलियो बनाएको छ। यता, लुम्बिनीको भने यो लगातार चौथो हार हो। उसको प्लेअफ सम्भाना लगभग सकिएको छ।