एनपिएल : चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

8 Dec, 2024

जारी नेपाल प्रिमियर लिगको आइतबारको दोस्रो खेलमा चितवन राइनोजले पहिला ब्याटिङ गर्दैै सुदूरपश्चिम रोयल्सलाई १६५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चिवनले हसन इसाखिलको अर्धशतक मद्दतमा ५ विकेटको क्षतिमा १६४ रन बनायो। इसाखिलले ५२ बलमा ६ चौका र ३ छक्काप ्रहार गर्दै ६५ रन बनाए।

इसाखिलले दोस्रो विकेटका लागि विपिन रावलसँग ५० र तेस्रो विकेटका लागि कुशल मल्लसँग ३९ रनको महत्वूर्ण साझेदारी गरे । विपिनले १७ र कुशलले १३ रन बनाए।

यस्तै, अन्त्यतिर इनफर्म ब्याट्सम्यान रवि बोपराले उत्कृष्ट इनिङ खेले। अघिल्ला २ खेलमा अर्धशतक बनाएका बोपराले १८ बलमा समान २ चौका र २ छक्का मद्दतमा ३६ रन बनाए।

बलिङमा सुदूरपश्चिमका स्टक कुगुलेइनले २ विकेट लिए भने ब्रान्डन म्याकमुलेन, दीपेन्द्रसिंह ऐरी र सैफ जइबले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]