रोहितको उत्कृष्ट ब्याटिङ, लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

10 Dec, 2024
Share:
117 Shares

जारी नेपाल प्रियिमर लिगमा पुनः एक पटक रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा रोहितले अर्धशतक प्रहार गरेपछि लुम्बिनीले चितवन राइनोजले १६८ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले रोहितको अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा १६७ रन बनायो। उसका लागि रोहितले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। जारी प्रतियोगिताका ५ खेलमा रोहितले २ अर्धशक मद्दतमा सर्वाधिक २६१ बनाएका छन्।

यस्तै, साद विन जाफरले पनि अर्धशतक बनाए। उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए। रोहति र सादले चौथो विकेटका लागि ११२ रनको उत्कृष्ट साझेदारी गरे। यस्तै, अर्जुन साउदले १५ र टम मोरेसले १० रन बनाए।

बलिङमा चितवनका रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले समान १ विकेट लिए।

प्रतियोगितामा लुम्बिनी पहिलो जितको खोजीमा छ भने चितवन चौथो जितको खोजीमा छ।