बसिस्टोको घातक बलिङमा पाेखरा १०३ रनमै अलआउट

10 Dec, 2024
Share:
117 Shares

अस्ट्रेलियन यू–१९ टिमका पूर्वकप्तान तथा अलराउन्डर विलियम बसिस्टोले घातक बलिङ गरेपछि कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई १०३ रनमै अलआउट गरेको छ।

जारी नेपाल प्रियिमर लिगको मंगलबारको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा उत्कृष्ट सुरुआत गरेपनि १६.३ ओभरमा १०३ रनमै अलआउट भयो।

पोखराका लागि दिनेश खरेललले सर्वाधिक २६ रन बनाउँदा आन्द्रे गौसले २५, रेमोन रेइफरले २०, कुशल भुर्तेल र विपिन खत्रीले १० रन बनउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

दिनेश र गौसले पहिले विकेटका लागि ३.५ ओभरमा ४६ रनको साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुआत दिलाएका थिए। तर, गौस विपिन शर्माको बलमा आउट भएपछि पोखराले निरन्तर विकेट गुमाएको थियो। उसले पछिल्ला ७ विकेट केवल २९ रन जोड्दा गुमाएको थियो।

पोखराको इनिङ धरासयी बनाउने क्रममा बसिस्टलो ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए। यो एनपिएलकै उत्कृष्ट बलिङ स्पेल हो। यस्तै, सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान १ विकेट लिए।