काठामाडौंको खराब ब्याटिङ, लुम्बिनीलाई १०४ रनको लक्ष्य

11 Dec, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिगको आफ्नो चौथो खेलमा काठमाडौं गुर्खाज खराब ब्याटिङ गरेको छ। टियू मैदानमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०३ रनमै अलआउट भयो।

यो जारी लिगमा पहिलो इनिङमा बनेको सबैभन्दा कम योगफल हो। आजै भएको खेलमा सुदूरपश्चिमले १२३ रन बनाएको थियो।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए। उनले ४० बलमा १ चौका प्रहार गरे। यस्तै, प्रतिक श्रेष्ठले १४ बलमा २ छक्का मद्दतमा २० रन बनाउँदा डान डोथह्वाइटले २१ र स्टेफन स्किनाजीले १३ रन बनाए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

काठमाडौंको इनिङ धरासायी बनाउने क्रममा साद बिन जाफरले ३ तथा रामोन सिमोन्ड्स र अविशेष गौतमले समान २ विकट लिए।