जनकपुरसँग काठमाडौं १०१ रनमै अलआउट

12 Dec, 2024
Share:
117 Shares

एनपिएलको आफ्नो पाँचौं खेलम काठमाडौं गुर्खाज १०१ रनमै अलआउट भएको छ। जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको हो।

यो जारी एनपिएलमा पहिलो इनिङमा कम योगफल हो। यसअघि बुधबार काठमाडौं नै १०३ रनमा अलआउट भएको थियो। तर, सो खेल काठमाडौंले जितेको थियो।

जनकपुरविरुद्ध काठमाडौंका लागि जेरार्ड इरास्मसले सर्वाधिक २० रन बनाए। यस्तै, करण केसीले १९ र स्टेफन स्किनाजले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

काठमाडौंको इनिङ धरासायी बनाउने क्रममा जनकपुरका ललित राजवंशी र शेर मल्लले समान ३ विकेट लिए। ललितले ४ ओभरमा २ मेडनसहित ८ रन मात्र खर्चिए भने शेरले ३.३ ओभरमा ११ रन खर्चिए। यस्तै, मोहम्मद मोहसिन खानले २ विकेट लिए।