भारतविरुद्ध पाकिस्तान १९१ रनमै अलआउट

14 Oct, 2023
Share:
117 Shares

जारी एकसिदवसीय विश्वकपमा पाकिस्तानले घरेलु टोली भारतविरुद्ध खराब ब्याटिङ गरेको छ। अहमदावादमा शनिबार टस जितेर ब्याटिङ रोजेको पाकिस्तान ४२.४ ओभरमा १९१ रनमै अलआउट भयो।

एक समय १५५–२को बलियो अवस्थामा रहेको पाकिस्तान थप ८ विकेटले ३७ रन बनाउँदा गुमायो। पाकिस्तानका लागि कप्तान बाबर अजामले सर्वाधिक ५० रन बनाए। उनने ५८ बलमा ७ चौका प्रहार गरे। बाबरकाे याे भारतविरूद्ध एकदिवसीयमा पहिलाे अर्धशतक हाे। 

यस्तै, मोहम्मद रिजवानले ६९ बलमा ७ चौका प्रहार गर्दै ४९ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए। बाबर मोहम्मद सिराज र रिजवान जसप्रित बुमराहको बलमा आउट भए।

त्यअसघि इमाम उलहक र अब्दुल्लाह सफिकले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुआत दिलाएका थिए। इमामले ३६ र सफिकले २० रन बनाए।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा भारतका बुमराह, सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजाले समान २ विकेट लिए।