काठमाडौंविरुद्ध विराटनगर ११७ रनमै अलआउट, काठमाडौं पुग्ला त प्लेअफमा?

15 Dec, 2024

नेपाल प्रिमियर लिगको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्स ११७ रनमै अलआउट भएको छ। टियू मैदानमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको विराटनगरले १९.५ ओभरमा ११७ नरमा अलआउट भएको हो।

विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए भने दीपक बोहराले २०, स्कट इडवार्ड्सले १५, बासिर अहमदले १३ र निकोलस किर्टोनले १२ रन बनाए।

विराटनगरलाई सस्तैमा रोक्ने क्रममा काठमाडौंका जेरार्ड इरास्मसले ३ तथा दीपेश कँडेलले २ विकेट लिए।

यो खेलअघि नै प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिसकेकाले विराटनगरलाई जित हारले खासै फरक पर्दैन। तर, काठमाडौंको प्लेअफ पुग्ने सम्भावना कायमै रहेकाले उसले ११८ रनको जतिसक्दो छिटो भेट्टाउनु पर्नेहुन्छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]