आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै 

14 Oct, 2023

आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ।

भरतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो  सवा २ बजे खेल हुनेछ। 
जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २÷२ खेल जितेका छन्।

भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले र दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो। 
पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले र दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो।

क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।  
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक कडा प्रतिस्पार्धा भएको छ । र, सबै खेल भारतले जितेको छ। विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन। 

विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरेपनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ। 

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]