काठमाडौंले पावर प्लेमै गुमायो ५ विकेट

15 Dec, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिगको अन्तिम खेलमा ११८ रनको मध्यम लक्ष्य पछ्याइरहेको काठमाडौं गुर्खाजले पावर प्लेमै ५ विकेट गुमाएको छ।

प्लेअफ पुग्न रनरेट सुधार गर्नुपर्ने भएपछि उसलाई यो लक्ष्य ९ ओभरमा जित्नु पर्ने थियो। ९ ओभरमा लक्ष्य भेट्टाउँदा ऊ सहजै प्लेअफमा पुग्ने थियो।

त्यसैको दबाब काठमाडौंको ब्याटिङमा देखिएको छ। उसले पावर प्लेमा ३९–५को दबाबपूर्ण अवस्थामा छ। अब उसलाई यहाँबाट जित निकाल्न पनि मुस्किल देखिएको छ।

उसका जेरार्ड इरास्मसले १२, माइकल लेविटले १० रन बनाउँदा डान दाउटह्वाइटले २, स्टेफन स्किनाजले १ र भीम सार्कीले १ रन मात्र बनाउन सके।

बलिङमा विराटनगरका सन्दीप लामिछाने र क्रिस सोलले समान २ विकेट लिए भने बासिर अहमदले १ विकेट लिए।

जितले मात्र पनि काठमाडौंको प्लेअफ सम्भावना रहन्छ।