नेपाल प्रिमियर लिगको अन्तिम खेलमा पोखरा एभेन्जर्सले १५४ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन बनाउँदै पोखरालाई १५४ रनको लक्ष्य दिएको हो।
खेलमा उत्कृष्ट बलिङ गरेपछि पोखराले मिसफिल्ड र ४ क्याच छोड्दा चुनौतीपूर्ण लक्ष्य पायो।
सुदूरपश्चिमका लागि आरिफ सेखले सर्वाधिक ४२ रन बनाए। प्रतियोगितामा पहिलो पटक दोहोरो अंकम स्कोर बनाएका हुनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै, ब्रान्डन म्याकमलेनले २३, दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान दिए।
बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिँदा रेमन रेइफर, सागर ढकाल र माइकल लेस्कले समान १ विकेट लिए।
आजको खेल जित्दै पोखरा क्वालिफायरमा स्थान बनाउन चाहन्छ भने प्लेअफ दौडबाट बाहिरिसकेको पोखरा जितसहित प्रतिपयोगिताको अन्त्य गर्न चाहन्छ।