नेपालले मलेसियामा हक्की खेल्ने

15 Dec, 2024

नेपालले मलेसियामा हुने यू–१६ आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

प्रतिस्पर्धा हक्की फाइभ्सका आधारमा हुनेछ। टिममा पुरुष र महिला दुवै खेलाडी हुनेछन्। प्रतियोगिता डिसेम्बर १७ देखि २१ सम्म हुनेछ।

नेपाली टिम कुल १३ सदस्यीय रहेको छ । सहभागी हुने खेलाडीमा महिलातर्फ अनुष्का थापा, बन्दना भट्ट, सबिना राजवंशी र तुलसी बोहरा रहेका छन्।

यस्तै पुरक्ष खेलाडीमा रोनाशकुमार यादव, सुदीप चौधरी, विवेक विक, सुजल महर्जन, रोशन परियार र सुशान्त रोकाया छन्। टिमका व्यवस्थापकमा हितकुमार गुरुङ र प्रशिक्षकमा दीपक खतिवडा छन्।

यस्तै मनीषप्रसाद भट्टले प्रतियोगितामा अम्पायरको पनि भूमिका निभाउने छन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार सातदोबाटोमा आयोजित कार्यक्रमबीच टिमको बिदाइ गरे। त्यस अवसरमा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले टिमको सफलताको शुभकामना व्यक्त गरे।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]