सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

मिलन्था हिरो बन्दा जनकपुर बन्यो एनपिएलको पहिलो च्याम्पियन

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो।

योसँगै जनकपुरले सुदूरपश्चिमसँग प्राप्त लिग र क्वालिफायरको हारको बदला फाइनलमा लिएको छ।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।

विशाल लक्ष्य पछ्याउँदै जनकपुरलाई च्यापिम्पयन बनाउने क्रममा लहिरु मिलन्थाले उत्कृष्ट इनिङ खेले। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाए।

कप्तान आसिफ सेखले १९ बलमा ४ चौका र २ छक्का प्हार गर्दै ३३ रन बनाए। आसिफ र लहिरुले ७ ओभरमा ७३ रनको उत्कृष्ट साझेदारी गर्दै जनकपुरलाई राम्रो सुरुआत दिलाएका थिए।

यस्तै, हर्ष थाकरले २४ बलमा २ छक्का प्रहार गर्दै ३० रनको महत्वपूर्ण इनिङ खेले।

बलिङमा सुदूरपश्चिमका स्कट कुलेगेलइन, दीपेन्द्रसिंह ऐरी, सैफ जबइ र इशान पान्डेले समान १ विकेट लिए।

त्यसअघि टज जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले विनोद भण्डारी र सैफ जबइले शतकीय साझेदारी गरेपछि सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १८४ रन बनाउँदै जनकपुर बोल्ट्सलाई ठूलो लक्ष्य दिएको हो।

सुदूरपश्चिमका लागि जइबले अर्धशतक बनाए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै, विनोनले ३१ बलमा १ चौका र ३ छक्का मद्दतमा २१ रन बनाए। यी दुईले १२ ओभरमा ११७ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

तर, लगातार ओभरमा दुवै ओनपर आउट भएपछि भने जनकपुरले खेलमा पुनरामगन गरेको थियो। उसले ९ विकेट ६७ रन दिएएर लियो।

यस्तै, ब्रान्डन म्याकमलेन र हर्मित सिंहले समान १४ रन बनाउँदा स्कट कगेलेइन १३ रन बनाए।

बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिन खानले समान ३ विकेट लिँदा ललित राजवंशी र जिमी निशमले समान १ विकेट लिए।

1.3Kशेयर