उत्कृष्ट बलर बन्दै ललितले जिते बाइक, विपिन बने ‘इमर्जिङ प्लेयर’

21 Dec, 2024
Share:
117 Shares

जनकपुर बोल्ट्सका लेफ्ट आर्म स्पिनर ललित राजवंशी पहिलो संस्करणको नेपाल प्रियिमर लिगको सर्वोत्कृष्ट बलर बनेका छन्।

योसँगै ललितले अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन्।

जनकपुरलाई च्याम्पियन बनाउने क्रममा ललितको भूमिका निकै महत्वपूर्ण थियो। प्रतियोगितामा पावर प्लेमा बलिङ गर्दै उनले टिमलाई सफलता दिलाए भने इकोनोमिक पनि रहे।

प्रतियोगिताका १० खेलमा ललितपुर कुल १७ विकेट लिए। उनको इकोनोमी ५.३२ को छ भने एभरेज १२.५२ छ। उनी प्रतियोगिताकै इकोनोमिक बलर हुन्।

उनीसँगै सुदूरपश्चिम रोयल्सका स्कट कुगुलेइनले पनि १७ विकेट नै लिएका छन्।

यस्तै, कर्णाली याक्सका १६ वर्षीय लेफ्टआर्म स्पिनर विपिन शर्मा प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी बनेका छन्। ट्यालेन्ट हन्डबाट कर्णालीमा आएका विपिनले ८ खेलमा १३ विकेट लिए। सर्वाधिक विकेट लिनेको सूचीमा पाँचौं स्थानमा रहेका उनको इकोनोमी ५.८९ मात्र छ।

विपिनले ५० हजार रुपैयाँसहित प्रेजिडेन्सियल कलेजमा १० लाख बराबरको छात्रवृत्ति पनि प्राप्त गरेका छन्।

एनपिएलको पुछारमा सकाएको लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड पाउँदा जनकपुरका लहिरु मिलन्था सर्वाधिक चौका प्रहार गर्ने खेलाडी बने। उनले कुल ३४ चौका प्रहार गरेका थिए।

यस्तै जिमी निशमले उत्कृष्ट स्ट्राइकरेट भएको खेलाडी बने। उनको स्ट्राइक रेट १९६.०३ को छ। सबैले समान २ लाख रुपैयाँ प्राप्त गरे।