एन्फा महिला लिग : विमाला चम्किँदा अन्तिम चरणमा आर्मीको विजयी सुरुआत

2 Jan, 2025
Share:
117 Shares

आजबाट सुरु आएको एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले विजयी सुुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा विमला चौधरी चम्किएपछि आर्मीले बागमती युथ क्लबलाई २–०ले हरायो।

२५औं मिनेटमा विमलाले गोल गर्दै खेलमा आर्मीलाई सुरुआती अग्रता दिलाइन्। उनले नै ७१औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन्। त्यसपछि खेलमा गोल हुन नसक्दा आर्मी विजयी भयो।

बामगतीकी सनिमा माया लो पहिलो हाफमै घाइते हुँदै मैदान छाड्न बाध्य भइन्। उनलाई अस्पताल भर्ना गरिएको छ।