एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

2 Jan, 2025

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ।

१९औं संस्करण अवार्ड वितरण कार्यक्रम शनिबार काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।

विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ। चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ।

सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

यिनै २९ खेलाडीबाट समान १÷१ पुरुष÷महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १–१ लाख नगदबाट सम्मान गरिने छ । समान १–१ पुरुष÷महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ।

पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप १–१ जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ।

एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ। अवार्डका लागि तार्केश्वर नगरपालिका र खेलाडी संघबीच सम्झौता भइसकेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]