माेफसलमा फुटबल क्रेज, फाल्गुनन्द गोल्डकपमा टिकट बिक्रीबाटै उठ्यो २७ लाख

2 Jan, 2025

यसैसाता पाँचथरमा सम्पन्न फाल्गुनन्द गोल्डकप सकिएको छ। ए डिभिजनका ४ क्लबसहित १० क्लबसहभागी प्रतियोगिताको उपाधि ए डिभिजन लिग च्याम्पिय चर्च बोइजले जित्यो।

फिदिम र्स्पोटिङ क्लबको आयोजना भएको प्रतियोगितामा टिकट बिक्रीबाट मात्रै झण्डै २७ लाख रुपैयाँ उठेको छ। ६ वर्षपछि भएको प्रतियोगिताबाट २६ लाख ६८ हजार ५० रुपैयाँ संकलन भएको आयोजक फिदिम र्स्पोटिङ क्लबले जनाएको छ।

आयोजकका अनुसार उद्घाटन खेलमा २ लाख २४ हजार ६ सय ९० रुपैयाँको टिकट बिक्री भएको थियो भने दुई सेमिफाइनलमा ६ लाख १९ हजार ४ सय रुपैयाँ टिकटबाट उठेको थियो।

यस्तै,चर्च बोइज र मछिन्द्र क्लबबीचको फाइनलमा १० लाख ८९ हजार ८ सय ५० संकलन भएको थियो।

प्रतियोगिताका लागि टिकट दर ३ सय रुपैयाँ निर्धारण गरिएको थियो।

प्रतियोगिताको विजेता चर्च ब्वाबोइजले १० लाख र उपविजेताले मच्छिन्द्रले ५ लाख प्राप्त गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]