एपिएफले जित्यो त्रिवेणी कप फुटबल उपाधि

4 Jan, 2025
Share:
117 Shares

लमजुङमा भएको त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम विभागीय टिम एपीएफ क्लबले जितेको छ।

बेंसीसहरको त्रिवेणी रंगशालामा शनिबार भएको फाइलनमा बुद्ध युवा क्लब, भोटेओडारलाई टाइब्रेकरमा ४–३ ले हराउँदै एपिएफले उपाधि जितेको हो।

निर्धारित समयको खेल २–२को बराबरीमा सकिएको थियो। १२औं मिनेटमा बिवाईसीका लागि समीर तामाङले गोल गरेका थिए भने ३०औं मिनेटमा एपिएफका युवराज खड्काले बराबरी गोल गरेका थिए।

५१औं मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई खेलमा २–१को अग्रता दिलाए। तर, इन्जुरी समयको पाँचौं मिनेटमा बिवाईसीका समीरराज ठकुरीले गोल गरेपछि खेल २–२को बराबरीमा सकियो।

त्यसपछि खेलमा १५ मिनेट समय थप गरिएको थियो। सो समयमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा एपिएफले बाजी मा¥यो।

उपाधिसहित एपिएफले १२ लाख रुपैयाँ प्राप्त गर्दा तीन पटकको च्याम्पियन बिवाईसीले उपाविजेता बन्दै ६ लाख रुपैयाँमा चित्ता बुझायो।

त्रिवेणी युवा क्लब बेंसीसहरले पुस १२ गतेदेखि आयोजना गरेको ३२औं त्रिवेणी कपमा १६ टिमले सहभागीता थियो।