खो खो विश्वकपमा नेपाले रच्यो इतिहास, महिला टिम युगान्डालाई हराउँदै फाइनलमा

18 Jan, 2025
Share:
117 Shares

नेपाली महिला खो खो टिमले इतिहास रचेको छ। भारतमा जारी पहिलो संस्करणको खो खो विश्वकपको फाइनल पुग्ने नेपाली महिला टिमले इतिहास रचेको हो।

दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा खेल शनिबार दिउँसो भएको सेमिफाइनलमा युगान्डामाथि ८९–१८ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।

अब नेपालले आइतबार हुने फाइलनमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ।

नेपाल अपराजित रहँदै फाइनल पुगेको हो। नेपालले क्वार्टरफाइनलमा इरानलाई हराएएको थियो। समूहमा नेपालले बंगलादेश, श्रीलंका, भुटान र जर्मनीलाई हराएको थियो।

नेपालको पुरुष टिमले पनि आजै सेमिफाइलन खेल खेल्दैछ। जसमा नेपालले इरानको सामना गर्दैछ।