सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

नेपाल कबड्डी लिगमा धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई हरायो

पहिलो संस्करण नेपाल कबड्डी लिग (एनकेएल)मा धनगढी वाइल्डक्याट्स विजयी भएको छ।

राखेप कभर्डहलमा बुधबार साँझ भएको खेलमा धनगढीले पोखरा लेकर्सलाई ३८–३३ अंकले हरायो।

धनगढी ३८–३३ ले विजयी भयो । पहिलो जित जित हात पार्नेक्रममा धनगढीले रेडबाट १७, ट्याकलबाट १४, अलआउटबाट ४ र बोनसबाट ३ अंक जोड्यो । पोखराले भने रेडबाट १५, ट्याकलबाट ११, अलआउटबाट २ र बोनसबाट ५ अंक जोडेको थियो ।

धनगढी ५ अंक थप्दै चौथो स्थानमा उक्लिएको छ। धनगढीले तीन खेलबाट कुल ६ अंक पुर्‍याएको हो। समान खेल खेलेको पोखरा तीन अंकसहित तालिकाको पुछारमा छ । ६ टोली सहभागी प्रतियोगितामा जितविहीन रहने टोली पोखरामात्रै हो।

धनगढीले पहिलो हाफमै २३–१२ को फराकिलो बनायो। टोलीले पहिलो हाफमा पोखरालाई दुईपल्ट अलआउट गर्‍यो। पोखरा भने निरीह देखियो । दोस्रो हाफमा एकपल्ट अलआउट गर्दै पोखराले खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो। पोखरापनि रेड अब्बल देखिएको थियो।

धनगढीले रेडबाट १३ अंक जोड्दा पोखराले पनि १० अंक जोडेको थियो।

1.3Kशेयर