विराटनगरलाई हराउँदै जनकपुर कबड्डी लिगको फाइनलमा

27 Jan, 2025
Share:
117 Shares

जनकपुर नाईट्स नेपाल कबड्डी लिगको फाईनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सोमबार भएको क्वालिफायर वानमा विराटनगर ब्यानडिट्सलाई रोमाञ्चक खेलमा ३४-३२ ले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको हो।्

लिग चरणमा शीर्ष स्थानमा रहेको जनकपुर र दोस्रो स्थानमा रहेको विराटनगरबीच पहिलो क्वालिफायर भएको थियो।

विराटनगरले अब फाईनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।

आजै काठमाडौं माभरिक्स र धनगढी वाईल्डक्याट्सबीच एलिमिनेटर खेल हुनेछ र यश खेलको विजेता र विराटनगरबीच क्वालिफायर टु हुनेछ।