विराटनगरलाई हराउँदै जनकपुर कबड्डी लिगको फाइनलमा

27 Jan, 2025

जनकपुर नाईट्स नेपाल कबड्डी लिगको फाईनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सोमबार भएको क्वालिफायर वानमा विराटनगर ब्यानडिट्सलाई रोमाञ्चक खेलमा ३४-३२ ले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको हो।्

लिग चरणमा शीर्ष स्थानमा रहेको जनकपुर र दोस्रो स्थानमा रहेको विराटनगरबीच पहिलो क्वालिफायर भएको थियो।

विराटनगरले अब फाईनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।

आजै काठमाडौं माभरिक्स र धनगढी वाईल्डक्याट्सबीच एलिमिनेटर खेल हुनेछ र यश खेलको विजेता र विराटनगरबीच क्वालिफायर टु हुनेछ।