ला लिगामा रियल पराजित, एट्लेटिको विजयी

2 Feb, 2025

स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड पराजित भएको छ। शनिबार राति भएको खेलमा रियल इस्पान्योलसँग १(० ले पराजित भयो।

इस्पान्योललाई जित दिलाउन ८५औं मिनेटमा कार्लोस रोमेरोले निर्णायक गोल गरे। इस्पान्योलकै मैदान भएको खेलमा रियलले खेल आफ्नो पकडमा बनाउँदै निरन्तर आक्रमण गरेपछि गोल भने गर्न सकेन।

यस्तै, अर्को खेलमा एट्लेटिको मड्रिडले मालोर्कालाई २(० ले हराएको छ। एट्लेटिकोको जितमा सामुयल लिनो र एन्टोइन ग्रिजमानले १(१ गोल गरे ।

लिनोले २५औं मिनेटमा तथा ग्रिजमानले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए।

हारका बाबजुद रियल २२ खेलबाट ४९ अंकसहित शीर्ष स्थानमै छ भने इस्पान्योल १७औं स्थानमा छ। यता, एट्लेटिको २२ खेलबाट ४८ अंकसहित दोस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]