आहा–रारा गोल्डकप आजबाट, उद्घाटन खेलमा सहारा क्बल र पुलिस क्लब भीड्ने

4 Feb, 2025
Share:
117 Shares

आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट पोखरामा रंगशालामा सुरु हुँदैछ। यो प्रतियोगिताको २४औं संस्करण हो।

प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टिम सहभागी हुने निश्चित हुने आयोजक साहरा क्लबका केशवराज बरालले बताए।

प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एनआरटी फुटबल क्लब, ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी हुनेछन्। यस्तै, विदेशी क्लबमा युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सहभागी हुनेछन्।

प्रतियोगिताको पहिलो दिन आयोजक साहरा क्लब र विभागीय टिम नेपाल पुलिस क्लब भीड्दै छन्।

पुलिस क्लब प्रतियोगिताकै सफल टिम हो भने साहारा क्लब अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। क्याराभानबाहेक ६ पटकको उपाधि विजेता र ५ पटकको उपविजेता पुलिसले लगातार तीन पटक जितेर ह्याट्रिक गरिसकेको छ । पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितिसकेको हो ।

पुलिस राम वाजीको कप्तानीमा मैदान उत्रँदै छ भने साहराको कप्तानी सुशील लामो गर्ने छन्। पुलिसको प्रशिक्षकमा चेतन घिमिरे छन् भने साहराको प्रशिक्षकमा सनील राना छन्।

प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ पाउने छ भने उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पाउनेछन्। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले २५ हजार रुपैयाँ पाउनेछन्।