आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै पुलिस आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

4 Feb, 2025
Share:
117 Shares

आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै नेपाल पुलिस क्लब २४औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा उज्वल राईले ३६औं मिनेटमा कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाएका थिए। उज्ज्वलको गोल नै खेलको निर्णायक बनेपछि पुलिस १–० ले विजयी बन्यो। जितसँगै पुलिस क्वाटरफाइनलमा मा पुगेको छ।

हारसँगै आयोजक सहारा क्लब प्रतियोगिताबाट बाहिरिएको छ। पुलिसले भने क्वाटरफाइनलमा ब्रिगेड ब्वाईज क्लब युकेसँग खेल्नेछ।

भोली (बुधवार) हुने अर्को खेलमा मछिन्द्र क्लबले डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबको सामना गर्नेछ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रतियोगितामा ३ विदेशी टिमसहित जम्मा १२ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमले १२ लाख १ हजार र दोस्रो हुने टिमले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछन्।