कोपा डेल रेमा एट्लेटिकोको सानदार जित

5 Feb, 2025

नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेमा एट्लेटिका मड्रिडले सानदार जित निकालेको छ। मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेमाथि ५-०को जित निकाल्यो।

घरेलु मैदानमा टिमलाई जित दिलाउन गुइलिआनो सिमोनले २ गोल गरे भने सामुअल लिनो, एन्जेल कोेरेआ र अलेक्जान्डर सोर्लोथले समान १ गोल गरे।

८औं मिनेटमा सिमोनले गोल गर्दै टिमलाई सुरुआत अग्रता दिलाए। १७औं मिनेटमा उनले नै टिमको अग्रता दोब्बर बनाए। लिनोले ४२औं मिनेटमा गोल गरेपनि पहिलो हाफमा एट्लेटिकोले ३-०को अग्रता लियो।

त्यसपछि कोरेआले ७८ र सोर्लोथ ८६औं मिनेटमा गोल गरेपछि एट्लेटिकोले ५-०को फराकिलो जित निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]