उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल नेदल्यान्ड्ससँग १० विकेटले पराजित

5 Feb, 2025

जारी सिरिजमा पहिलो पटक उत्कृष्ट प्रदर्शन गरेको नेपालले लागतार पाँचौं हार व्यहोरेको छ। बुधबार त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १४६ रनको मध्यम लक्ष्य नेदरल्यान्ड्सले विनाक्षति २ बल बाँकी छँदै भेट्टायो। उसकसा लागि स्टेरी कालिसले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९८ रन बनाइन् भने फोबे मोल्केन्बरले ४९ बलमा ४८ रन बनाइन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पुजा महतोको अर्धशतक मद्दतमा नेपालले ४ विकेट गुमाउँदै १४५ रन बनायो। नेपालका लागि पुजाले सर्वाधिक ६२ रन बनाइन्। उनले ५१ बल खेल्दै ५ चौका प्रहार गरिन्।

यस्तै, कप्तान इन्दू बर्माले ३७ बलमा ५ चौका मद्दतमा ३९ रन बनाइन्। ७९२को दबाबपूर्ण अवस्थाबाट पुजा र इन्दूले तेस्रो विकेटका लागि ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यस्तै, रुविना क्षेत्रीले २० रन बनाउँदा कविता जोशीले ७ रन बनाइन्।

बलिङमा नेदरल्यान्ड्सकी इरिक विलिङले २ विकेट लिइन्।

त्रिकोणात्मक सिरिजमा नेपालको लगातार पाँचौं हार हो। नेपाल यसअघि नै फाइनल पुग्न असफल भइसकेको थियो। अब नेपालले अन्तिम खेल थाइल्यान्डसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]