पलेशालाई काठमाडौं महानगरले गर्‍यो ५ लाख रुपैयाँसहित सम्मान

4 Sep, 2024
Share:
117 Shares

काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँ सहित सम्मान गरेको छ।

आजै नेपाल आइपुगेकी पलेशलाई महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार नगदसहित सम्मान गरेका हुन्।

यस्तै, महागरले उनका प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ।

बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन्।