धाविका सन्तोषी बनिन् बूढानीलकण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर

20 Apr, 2024

चर्चित धाविका सन्तोषी श्रेष्ठलाई प्रथम बुढानीकलण्ठ नगर शिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर बनेकी छिन्।

आयोजक बुढानीलकण्ठ नगरपालिका र बुढानीकलण्ठ खेलकुद विकास बोर्डले सन्तोषीलाई ब्रान्ड एम्बासडर बनाएको हो। महोत्सब वैशाख १५ गतेदेखि सुरु हुने छ।

बुढानीलकण्ठ नगरपालिका वडा ६ मा बस्ने सन्तोषी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा १० हजार मिटर दौड तथा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनकी स्वर्ण विजेता हुन्।

आफ्नै नगरमा हुन लागेको महोत्सवको प्रवद्र्धनमा सहभागी हुन पाउँदै निकै खुशी लागेको सन्तोषीले बताएकी छिन्।

आयोजक बोर्डका संयोजक सुमन तामाङले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडी सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरको घोषणा गर्न पाउँदा गर्वको अनुभूति भएको बताउँदै महोत्सवलाई सफल बनाउन हरेक नगरवासीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।