सामग्रीमा जानुहोस्
शनिबार, मंसिर ५, २०८३

एनपिएल फाइलनको टिकट नखुदै सोल्ड आउट, समर्थकमा आक्रोश

नेपाल प्रिमियर लिग (एनपिए)को तेस्रो संस्करणको फाइनल भोलि साँझ टियू मैदानमा हुँदैछ । जसमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भीड्दै छन्।

फाइनलको टिकट बिक्री आज दिउँसो १ बजेबाट खुल्ने भनिएको थियो। तर, फाइनलको टिकट विक्री खुल्नु तीन मिनेटअघि नै इसेवामा टिकट ‘सोल्ड आउट’ देखाएको थियो।

टिकट विक्री खुल्नु अघि नै सोल्डआउट भएपछि दर्शकहरु आक्रोशित बनेका छन्। समर्थकले साँझ टियू मैदान परिसरमा नाराबाजी पनि गरेका छन्। उनीहरुले टिकट व्यवस्थापनको पारदर्शिता र प्रक्रियामाथि समेत प्रश्न उठाएका छन्।

यता, क्यानले भने यसलाई नेपाली क्रिकेटप्रतिको जनविश्वास र समर्थनको प्रमाणका रूपमा व्याख्या गरेको छ। क्यानले विज्ञप्ति जराी गर्दै एनपिएल फाइनलका लागि टिकट बिक्री खुला गर्दा एकैपटक ७ लाखभन्दा बढी प्रयोगकर्ताले टिकट खरिद गर्न प्रयास गरेका थिए। अत्यधिक ‘कन्करेन्ट रिक्वेस्ट’ का कारण प्रणालीमा ठूलो चाप परेको बताउको छ।

मैदानको दर्शक क्षमता सीमित भएकाले बिक्री खुला भएलगत्तै केही मिनेटमै सम्पूर्ण टिकट ‘सोल्ड आउट’ भएको संघले जनाएको छ।

क्यानले टिकट प्राप्त गर्न नसकेका समर्थकलाई आधिकारिक डिजिटल प्लेटफर्ममार्फत फाइनल खेल प्रत्यक्ष प्रसारण हेरी प्रतियोगितालाई समर्थन गर्न पनि संघले आग्रह गरेको छ।

सेयर गर्नुहोस्

1.4KShares