कप्तान रोहितलाई बाहिर राखिएको खेलमा भारतको खराब ब्याटिङ, १८५ रनमै अलआउट

3 Jan, 2025
Share:
117 Shares

खराब लयमा रहेको भारतीय ब्याट्सम्यानले बोर्डर–गावस्कर सिरिजको अन्तिम टेस्टमा पनि सोही लयलाई निरन्तरता दिएका छन्। सिड्नी टस जितेर पहिला ब्याटिङ गरेको भारत खराब ब्याटिङपछि ७२.२ ओभरमा १८५ रनमै अलआउट भयो।

खेलामा भारतरले कप्तान रोहित शर्मालाई टिमबाट बाहिर राखेको थियो। पछिल्लो १ वर्ष नै टेस्ट क्रिकेटमा रोहित खराब लयमा छन्। सोही कारण रोहितलाई बेन्चमा राख्दै शुभमन गिललाई टिममा राखिएको थियो। रोहितको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तातनी गरिरहेका छन्।

भारतका लागि ऋषव पन्तले सर्वाधिक ४० रन बनाए। उनले ९८ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै, रविन्द्र जडेजाले २६, कप्तान बुमराहले २२, गिलले २० र विराट कोहलीले १७ रन बनाए।

भारतीय इनिङ धरासायी बनाउने क्रममा अस्ट्रेलियाका स्कट बोलान्डले ४ विकेट लिए भने मिचेल स्टार्कले ३ तथा पाट कमिन्सले २ विकेट लिए।