सामग्रीमा जानुहोस्
बुधबार, कात्तिक १८, २०८३

एनपिएलका लागि नेपाल आइपुगे डेविड मिलर

दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलर नेपाल आइपुगेका छन्। उनी नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्नका लागि बुधबार बिहान काठमाडौं आइपुगेका हुन्।

नेपाल प्रिमियर लिगका लागि उनी कर्णाली याक्समा अनुबन्धित भएका छन्। एनपिएलका लागि नेपाल आउने उनी अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कर्णाली याक्स स्पोर्ट्सका प्रतिनिधिले स्वागत गरेका थिए। उनीलाई स्वागत गर्न थुप्रै समर्थकहरू पनि विमानस्थल पुगेका थिए।

३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन्।

भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिगहरु खेलेका छन्। उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मुलर मुख्य खेलाडी थिए ।

मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० आईमा दुई हजार ८०४ रन बनाएका छन्। यसक्रममा दुई सतक र ९ अर्धसतक प्रहार गरेका थिए । उनको आफ्नो करियरको दुई टी–२० सतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए।

यता, ५८४ टी–२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन्। यसक्रममा चार सतक तथा ५३ अर्धसतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी सतक प्रहार गरेका थिए।

कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ। जसमध्ये दुई खेल जितेको थियो । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडों गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो।

अब, कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दैछ । सो खेलमा डेविड मिलर सहभागी हुनेछन्।

सेयर गर्नुहोस्

1.3KShares