चितवन राइनोजको फास्ट बलर रिजन ढकालले नेपाल प्रिमियर लिगको तेस्रो सिजनको कार जितेका छन्।
चितवनलाई दोस्रो क्वालिफायरमा पु¥याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका उनी एनपिएलको उत्कृष्ट नेपाली खेलाडी बन्दै कारण जित्न सफल भए। यसअघिका दुई सिजन दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले कार जितेका थिए।
उनी प्रतियोगिताको उत्कृष्ट बलरसँगै सर्वाधिक विकेट लिने खेलाडी पनि बने। उनले बाइकसँगै २ लाख रुपैयाँ पनि प्राप्त गरे। उनले कुल ८ खेलमा १७ विकेट लिएका थिए।
जेको जे५ प्रो कारको विजेता घोषणा भएपछि २७ वर्षीय ढकाल भावुक बनेका थिए।
यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी नेपाल प्रिमियर लिगको तेस्रो सिजनको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
टिमलाई च्याम्पियन बनाउने क्रममा ब्याटिङमा तीन अर्धशतकसहित २१७ रन र बलिङमा ७ विकेट लिएका थिए। उनले ५ लाख रुपैयाँ प्राप्त गरे।
