टि-२० अलराउन्डर वरियतामा दीपेन्द्र दोस्रो स्थानमै, हार्दिक पाण्ड्या शीर्षमा उक्लिए

21 Nov, 2024
Share:
117 Shares

आईसीसीको नयाँ अपटेड अनुसार टि–२० क्रिकेटको अलराउन्डर तर्फको वरियतामा नेपालका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमै यथावत छन्। दीपेन्द्र लामो समयदेखि टि–२०को अलराउन्डरमा दोस्रो स्थानमै छ।

यता, दीपेन्द्र दोस्रो स्थानमै रहँदा भारतका हार्दिक पाण्ड्या शीर्ष स्थानमा उक्लिएका छन्। उनी तेस्रो स्थानबाट शीर्ष स्थानमा उक्लिएका हुन्। यसअघि शीर्ष स्थानमा रहेका इंग्ल्यान्डका लइम लिभिङ्सटन भने तेस्रो स्थानमा झरेका छन्।

शीर्ष स्थानम रहेका हार्दिकको २४४ रेटिङ प्वाइन्ट छ भने दीपेन्द्रको २३१ र लिभिङ्सटनको २३० रेटिङ प्वाइन्ट छ।

यस्तै टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा रहँदा र इंग्ल्यान्डका फिल सल्ट दोस्रो स्थानमा यथावत् छन्। यो वरीयतामा भारतका तिलक वर्मा एकैपटक ६९ स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन्।

अघिल्लो साता दक्षिण अफ्रिकामा भएको टि–२० सिरिजमा लगातर दुई खेलमा शतक प्रहार गरेपछि तिलकले वरियतामा छलाङ मारेका हुन्।

यस्तै बलिङ वरीयतामा इंग्ल्यान्डका अदिल रशिद शीर्ष र श्रीलंकाका वानिन्दु हसरांगा दोस्रो स्थानमा यथावत् छन्। यो वरीयतामा अस्ट्रेलियाका एडम जम्पा पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन्।