पहिलो इनिङमा अस्ट्रेलियाविरुद्ध भारतलाई ४६ रनको अग्रता

23 Nov, 2024
Share:
117 Shares

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले ४६ रनको अग्रता लिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको भारत जम्मा १५० रनमा समेटिएको थियो । भारतलाई सस्तैमा समेटर आफ्नो पहिलो पारि पहिलो दिन नै सुरु गरेको अस्ट्रेलिया दोस्रो दिनको पहिलो सेसनमै १०४ रनमा अलआउट हुँदा भारतले ४६ रनको अग्रता लिएको थियो।

पहिलो दिन नै १७ विकेट गुमेको थियो । भारतका १० विकेट गुम्दा अस्ट्रेलियाले पहिलो दिन ७ विकेट गुमाएर ६७ रन बनाएको थियो । दोस्रो दिन ३७ रन बनाउँदा बाँकी ३ विकेट गुमाउन पुग्यो।

अस्ट्रेलियालाई सस्तैमा आउट गर्ने क्रममा भारतका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिँदा हर्सित रानाले ३ तथा मोहमद सिराजले २ विकेट लिए।

अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाउँदा विकेटकिपर ब्याटर एलेक्स केरीले २१ रन जोडे । यसैगरी ट्राभिस हेड ११ र नाथन म्याकस्वेनीले १० रनमात्र बनाए।

पहिलो पारिमा भारतका नितिश कुमारले ४१ रन बनाउँदा रिसभ पन्तले ३७ रनको पारि खेले। केएल राहुलको ब्याटबाट २६ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन विर्सन लायक रह्यो।

अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिँदा पाट कमिन्स, मिचेल स्टार्क र मिचेल मार्सले दुई दुई विकेट लिएका थिए।

दोस्रो इनिङमा भारतले बलियो सुरुआत गरेको छ। ताज अवस्थामा भारत १६ ओभरको समाप्तिमा विनाक्षति ५७ रन बनाएको छ। एसका जैसवाल २८ र राहुल २२ रन बनाएर खेलिरहेका छन्।

यो ५ खेलको टेस्ट सिरिज हो। टेस्ट च्याम्पियनसिपको लागि भारत र अस्ट्रेलिया दुवैलाई यो सिरिज महत्त्वपूर्ण रहेको छ।