अस्ट्रेलिया १९१ रनमै अलआउट, भारतलाई ६१ रनको अग्रता

Read Time:2 Minute

भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा घरेलु टोली अस्ट्रेलिया १९१ रनमै अलआउट भएको छ । बिहीबारबाट एडिलेडमा सुरु भएको डे नाइड टेस्टको दोस्रो दिन भारतलाई २४४ नरमा अलआउट गर्दै इनिङ सुरुवात गरेको अस्ट्रेलिया दिनको खेल सकिनु अगावै १९१ रनमै अलआउट भयो ।

अस्टे«लियाका लागि कप्तान टिम पेनले सर्वाधिक ७४ रन बनाए भने मार्नस लाबुसेनले ४७ रनको योगदान दिए । पेनले ९९ बल खेल्दै १० चौका प्रहार गरे । ओपनर द्वय म्याथु वाडे र जो बर्नस समान ८ रनमा आउट भए भने स्टिभ स्मिथले १ रन मात्र बनाउन सके ।

घरेलु टोलीलाई सस्तैमा समेट्ने क्रममा रविचन्द्रन आविश्न, उमेश यादव र जस्प्रित बुमराहले उत्कृष्ट बलिङ गरे । आविश्वनले ४ विकेट लिए भने यादवले ३ र बुमराहले २ विकेट लिए । मोहम्मद सामी भने विकेटबिहीन रहे ।

यसअघि भारतले दोस्रो दिनको सुरुवात ६ विकेटको क्षतिमा २३३ रनबाट गरेको थियो । थप १४ रन जोड्दा भारत अलआउट भएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाए भने चेतेश्वर पुजाराले ४३ र अजिन्का रहानेले ४२ रन बनाए । अस्टे«लियाका मिचेल स्टार्कले तथा क्यामरुन ग्रीनले ३ विकेट लिए ।

दोस्रो दिन नै भारतले दोस्रो इनिङको सुरुवात गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले १ विकटको क्षतिमा ९ रन बनाएर खेलिरहेको छ । ओपनर पृथ्वी श पाट कमिन्सको बलमा आउट भए । क्रिजमा मंयक अग्रवाल ५ र जस्प्रित बुमराह शुन्य रनम खेलिरहेका छन् । दोस्रो दिनको खेल सकिँदा भारतले ६१ रनको अग्रता लिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिने
Next post रद्द भयो यू १७ च्याम्पियनसिप
Close