अर्शादीप र चहल पञ्जाबमा आबद्ध हुँदा केएल राहुल दिल्लीमा, बट्लर पुगे गुजरात

24 Nov, 2024
Share:
117 Shares

अहिले आईपिएल २०२५ को मेगा अक्सन चलिरहेको छ। साउदी अरेबियामा जारी अक्सनमा भारतीय खेलाडीमाथि ठूलो बोली लागेको छ।

अक्सनबाट पञ्जाब किंग्सले तीन भारतीय खेलाडीलाई महँगो मूल्यमा किनेको छ। उसले श्रेयस ऐयरलाई २६ करोड ७५ लाखमा किनेको छ। ऐयर आईपिएलका दोस्रो महँगा खेलाडी बनेका छन्। अब ऐयर पञ्जाबको नयाँ कप्तान बन्ने छन्।

यस्तै, उसले फास्ट बलर अर्षदीप सिंह र स्पिनर युजभेन्द्र चहललाई समान १८ करोडमा किनेको छ। उसले अर्शदीपका लागि राइ टु म्याच कार्डको प्रयोग गरेको छ।

यता, विकेटकपिर ब्याट्सम्यान केएल राहुल दिल्ली क्यापिल्समा आबद्ध भएका छन्। दिल्ली चेन्नई सुपर किंग्सलाई पछि पर्दौ १४ करोडमा राहुलले टिममा राखेको हो। उनी अब दिल्लीको कप्तान बन्ने छन्।

यस्तै, भर्खरै चोटमुक्त हुँदै मैदान फर्किएका भारतीय फास्ट बलर मोहम्मद सामी सनराइजर्स हैदरावाद पुगेका छन्। उनका लागि हैदरावादले १० करोड रुपैयाँ खर्चियो।

मार्की खेलाडीको सूचीबाट गुजराजतले २ विदेशी र १ भारतीय खेलाडीलाई टिममा राखेको छ। उसले जोश बट्लरलाई १५.७५ करोड र कागिसो रबाडालाई १०.७५ करोडमा भित्र्यायो। उसले मोहम्मद सिराजलाई १२.२५ करोडमा टिममा राख्न सफल भयो।

अघिल्लो सिजन २४.७५ करोडमा बिक्दै महँगो खेलाडीको कीर्तिमान बनाएका मिचेल स्टार्क यो पटक आधाभन्दा कम मूल्यमा बिके। उनलाई ११.७५ करोडमा दिल्लीले टिममा राखेको छ।

यस्तै, रोयल च्यालेन्जर्स बैंग्लोरले लइम लिभिङ्सटनका लागि ८.७५ करोड खर्चिँदा डेविड मिलर ७.७५ करोडमा लखनउ सुपर जायन्ट्समा आबद्ध भएका छन्।