ऋषव पन्त बने आईपिएल इतिहासकै महँगा खेलाडी

24 Nov, 2024

भारतीय विकेट किपर ब्याट्सम्यान ऋषव पन्त आईपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन्।

साउदी अरेबियामा जारी आईपिएल २०२५को मेगा अक्सनमा ऋषव २७ करोडमा बिकेका छन्। यो सँगै उनी सर्वाधिक महँगा खेलाडी बनेका हुन्।

उनलाई लखनउ सुपर जायन्ट्सले महँगो मूल्यमा भित्र्याएको हो। उनले श्रेयस ऐयरले बनाएको २६ करोड ७५ लाखको कीर्तिमान तोड्का हुन्। अघिल्लो सिजन कोलकातालाई च्याम्पियन बनाएका कप्तान ऐयर पञ्जाब किंग्समा आबद्ध भएका छन्।

यसअघि दिल्ली क्यापिटल्सका कप्तान रहेका पन्तलाई दिल्लीले रिटेन गरेपछि उनी मेगा अक्सनमा गएका थिए। उनलाई भित्र्याउन पञ्जाब किंग्स अन्तिमसम्म लागेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]