इन्डियन प्रिमियर लिग (आईपिएल)को नयाँ सिजनको अक्सनका लागि १० नेपाली खेलाडीले नाम दर्ता गराएका छन्।
बीसीसीआईले बुधबार सार्वजनिक गरेको अक्सनमा समावेश हुने खेलाडीको सूचीमा १० नेपाली खेलाडी नाम दर्ता गराएको उल्लखे छ। तर, खेलाडीका नाम भने समावेश गरिएको छैन।
गोवामा डिसेम्बर ४मा हुने मिनि अक्सनका लागि १० खेलाडी खेलाडीसहित कुल १२२० खेलाडीले नाम दर्ता गराएका छन्। जसमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी छन्।
अक्नसमा एसोसिट्सबाट कुल ४२ खेलाडीले नाम दर्ता गराएका छन्। जसमा अमेरिकाबाट सर्वाधिक १३ तथा नेपाल र यूएईबाट समान १०–१० खेलाडीले नाम दर्ता गराएका छन्। यस्तै, क्यानडा, जापान र स्कटल्यान्डबाट समान २ तथा नेदरल्यान्ड्सबाट ३ खेलाडीले नाम दर्ता गराएका छन्।
यो अक्सनबाट १० फ्रेन्चाइजीले ६६ खेलाडीमाथि बोली लगाउने छन्। जसमा २५ विदेशी र ४१ भारतीय खेलाडी हुन् छन्।
