खराब मौसमका कारण जय ट्रफीको फाइनल अझै सुरु हुन सकेन

14 Jan, 2025
Share:
117 Shares

पहिलो पटक आयोजना भएको दुई दिवसीय जय ट्रफी एलिट कप क्रिकेटको फाइनल आजबाट वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सुरु हुने तालिका थियो। तर, बिहान ९ बजेबाटै सुरु हुनुपर्ने फाइनल खराब मौसका कारण अझैसम्म समेत हुन सकेको छैन।

वीरगञ्जमा दिउसोसम्मै बाक्लो हुस्सु लागेका कारण खेलमा टससमेत हुन नसकेको हो।

प्रतियोगिताको लिग चरण दुई दिवसीय भए पनि फाइनल भने तीन दिवसीय हुनेछ। फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भीड्दै छन्।

लिगमा पुलिस शीर्ष स्थानमा थियो भने आर्मी दोस्रो बनेको थियो। लिगमा यी दुईबीचको खेल बराबरीमा सकिएको थियो।

लिग चरणमा पुलिसले ३ मध्ये २ खेल जितेको थियो। उसले बागमती र मधेश प्रदेशलाई हराएको थियो। यता, आर्मीले लिगमा चरणमा मेधश प्रदेशलाई मात्र हराउन सक्यो। उसले बामगती र पुलिससँग बराबरी खेलेको थियो।