जय ट्रफी फाइनल : पहिलो इनिङमा पुलिसविरुद्ध आर्मीलाई ३७ रनको अग्रता, फेरि चले भीम र बासिर

15 Jan, 2025
Share:
117 Shares

भीम सार्की र बासिर अहमदले सम्हालिएको ब्याटिङ गरेपछि मल्टी डे क्रिकेट प्रतियोगिता जय ट्रफीको फाइनलको पहिलो इनिङ त्रिभुवन आर्मी क्लबले ३७ रनको अग्रता बनाएको छ।

नारायणी रंगशालामा बुधबार बिहानै नेपाल पुलिस क्लबलाई १३३ रनमा अलआउट गरेको पहिलो इनिङ थालेको आर्मीले १७० रन बनाउँदै ३७ रनको अग्रता बनाएको हो।

उसका लागि भीम र बासिरले पुनः उत्कृष्ट इनिङ खेले। भीमले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दा ५८ रन बनाए भने बासिरले ५५ बलमा ३ चौका मद्दतमा ४० रन बनाए। यी दुईले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए।

यी दुई बाहेक सोमपाल कामीले ३२, कप्तान बिनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए। बलिङमा पुलिसका सागर ढकालले ५ विकेट लिँदा कुशल भुर्तेलले ३ विकेट ल्एि।

त्यसअघि पुलिस ९ विकेटको १३३ रन बनाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो । उसका लागि कप्तान कशुल मल्लले ५६ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाउँदा अमित श्रेष्ठले २०, अर्जुन साउदले २८ रन बनाउँदा अन्यले भने गतिलो योगदान दिन सकेनन्।

बलिङमा आर्मीका साहब आलमले घातक बलिङ गरे। उनले १२.४ ओभरमा ३ मेडनसहित ३७ रन मात्र खर्चेर ७ विकेट लिए।